अध्यक्षकाे सन्देश

अध्यक्षकाे सन्देश​

सत्यको खोजी गर्नु र नैतिक मूल्यहरुलाई व्यवहारिक बनाउनु शिक्षाको प्रमुख लक्ष्य हो । बुर्द्धदर्शन

दैलेख जिल्लाकै नमुना विद्यालयका रूपमा चिनिएकाे विद्यालय अहिले हाम्रो विद्यालय शैक्षिक सुधारतर्फ अघि बढिरहेको छ र दक्ष जनशक्ति उत्पादन गर्न निकै प्रतिबद्ध छ । शिक्षा सुधारको यो गौरवसँगै विपन्न समुदायका बालबालिकालाई मूलधारको शिक्षामा पहुँच पुर्याउने पहलका साथ विद्यालयले कम्प्युटर प्रयाेशाला, बिज्ञान प्रयाेगशाला सञ्चालन गरेको छ । साथै अागामी दिनमा छात्राबास  सञ्चालन गर्ने तयारीमा संस्थाले तयारी गरीरहेकाे छ । हाम्रो संस्थाप्रति विद्यार्थी र अभिभावकहरूको इम्बेडेड विश्वास र आकर्षणले हामीलाई थप ऊर्जावान र जीवन्त बनाएको छ। हामी आगामी दिनमा संस्थाको विकासमा पूर्ण रूपमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्दछौं। यस अभियानका लागि सबै सम्बन्धित निकाय, समुदाय र शिक्षा मन्त्रालय, नेपाल सरकारबाट आवश्यक सहयोग र सुझावको अपेक्षा गर्दछौं। प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, शुभचिन्तक सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धनयवाद

गीता शाही 

अध्यक्ष