हाम्राे इतिहास

१. पृष्ठभूमि

सामुदायिक विद्यालयमा नविनतम सूचना प्रविधिको अधिकतम् प्रयोग सहित आधुनिक शिक्षण विधि मार्फत शैक्षिक गुणस्तर तथा जवाफदेहि व्यवस्थापन सुनिश्चित गरी विद्यार्थीको सिकाइ उपलब्धी उच्च बनाउन विद्यालय क्षेत्र विकास योजनाको अवधारणा अनुसार विद्यालयको विकास सञ्चालन र व्यवस्थापनलाई व्यवस्थित गर्न विद्यालय व्यवस्थापन निर्देशिका २०७४ र नमुना विद्यालय विकास वि‌द्यालय सुधार गुरूयोजना २०७४ का आधारमा यो गुरुयोजना निर्माण गरिएको थियाे । नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभागको मिति २०७४ असार १४ गतेको नमुना विद्यालय छनौट सम्बन्धी सूचना र गोरखापत्र दैनिकमा प्रकाशित नमुना विदद्यालयको गुरुयोजना तयार गर्ने सम्बन्धमा सम्बन्धित वि‌द्यालयहरु तथा सरोकारवालाहरुको जानकारी सम्बन्धमा भन्ने सूचना, शैक्षिक जनशक्ति तालिम केन्द्र सुर्खेतमा भएको तीन दिने अभिमु‌खीकरण, विद्यालयमा पटक पटक भएका स्थानीय बुद्धिजिवी, स्थानीय तहका पदाधिकारीहरु शैक्षिक सरोकारवालाहरुको बृहत छलफल र अन्तरक्रिया, कार्यदल गठन, सुझाव संकलन, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका मिति २०७५/०५/०७ को बहुवर्षीय गुरु योजना परिमार्जन स्वीकृती तथा सोको कार्यान्वयन गर्ने सम्वन्धीत निर्देशन पत्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे आयोजनामा मिति २०७५ कात्तिक २७ र २८ गते जन मा.वि. सुर्खेतमा सम्पन्न नमूना वि‌द्यालयका प्रधानाध्यापकहरुको दुई दिने अभिमुखिकरण गोष्ठी आदिको आधारमा विद्यालय सुधार गुरुयोजना निर्माण गरिएको थियाे। पाँच वर्षभित्र बालकेन्द्रित रचनात्मक सिकाइ मार्फत उच्चतम् सिकाइ उपलब्धी सुनिश्चित गरी प्रतिस्पर्धी गुणस्तर युक्त एवं सगनशिल जनशक्ति उत्पादन गर्ने तथा अभिभावक र विदयार्थीकाे एक मात्र राेजाइको विद्यालयको रुपमा विद्यालयको विकास गर्ने लक्ष्य अनुसार काम गरेकाे थियाे । 

ऐतिहासिक पृष्ठभूमि

२. विद्यालयको परिचय

२.१ ऐतिहासिक पृष्ठभूमि

नेपालकै अति पावन, धार्मिक, ऐतिहासिक सास्कृतिक प्राकृतिक र पुरातात्विक दृष्टीले उच्च महत्व राख्ने दैलेख जिल्लाको क्षेत्र नं २ अन्तरगत भैरवी गाउँपालिकाको बीचमा पर्ने हिमालय माध्यमिक विद्यालय डाडामाडी दैलेख जिल्लाकै माध्यमिक वि‌द्यालयहरुमा अग्रपन्तीमा पर्न आउछ । राज्यको पुनसंरचनासंगै पुर्वमा महाबु गाउँपालिका, पश्चिममा चामुण्डा बिन्द्रासैनी नगरपालिका, दक्षिणमा दुल्लु नगरपालिका र उत्तरमा वेहुली लेक यी विद्यालयका चार किल्ला रहेका छन् । पर्यटकीय र धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने पञ्चकाेशी तीर्थस्थलकाे सामीप्यले वि‌द्यालयलाई झन् पवित्र र महत्वपूर्ण बनाएको छ । विद्यालयको नामाकरण नै शिव र पार्वतीजीकाे क्रीडास्थल हिमालयको नामबाट गरिनुले समेत विद्यालयको प्रकृतिप्रतिको थप मोहको पुष्टि गर्दछ ।

देशमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातान्त्रिक शासन व्यवस्थाको सुरुवात भए संगै देशभर विद्यालय बन्ने लहर चल्यो । वि.स. २०१३ साल चैत्र १३ गतेका दिन तत्कालिन शिक्षा प्रेमी समाजसेवी एवम बुद्धिजिवी डिल्ली प्रसाद उपाध्याय, श्री बल बहादुर शाही, गज बहादुर शाहीको सक्रियतामा डाडीमाडी बजारस्थित धर्मशालाको ठिक अगाडि पिपलको रुखमुनी यो विद्यालयकाे विधिवत स्थापना भएको थियो । उक्त तिनै जनाको सक्रियता र सहयोगले निरन्तरता पाउदै गर्दा २०१७ साल चैत्र १३ गतेका दिन बैधानिक मान्यता पाई तत्कालिन श्री ५ को सरकारबाट एक शिक्षक दरवन्दी समेत प्राप्त भएको थियो ।

वि.सं २०२२ साल चैत्र २३ गते तत्कालिन जिल्ला शिक्षा निरीक्षक श्री पूर्ण कुमार भुज‌ुको निरीक्षण प्रतिवेदन अनुसार रु ५०० अक्षरुपी पांच सय श्री ५ को सरकारको अनुदान र बाँकि सम्पूर्ण थैली आफ्नो खर्चबाट यस विद्यालयको प्रा. वि. भवन निमाण भएको देखिन्छ। यसरी शिक्षक श्री बीर बहादुर शाही बाट लामो समय सम्म शिक्षक भै विद्यालय सञ्चालन गरेको पाईन्छ। उक्त समयमा विद्यालयको विकासमा तत्कालिन समासेबी श्री हरि प्रसाद आचार्य ज्यूको समेत उल्लेख्य भूमिका रहेको छ।

राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ बमोजिम बि.सं २०३२ सालमा पुन कक्षा ३ सम्मको

वैधानिक मान्यता पाए संगै पटक पटक गरी प्रा. वि. दरवन्दी ५ वटा सम्म प्राप्त भएको पाइन्छ । तत्कालिन युग र समयको माग बमोजिम शिक्षा प्रेमी श्री जनार्दन ज्ञवाली, श्री नन्द बहादुर शाही र स्वामी चेतानन्द गिरी ज्यूको सक्रियता र यहाँका श्र‌द्धय अविभावकहरुको सहयोगमा २०३२ साल पौष १ गते निम्न माध्यमिक विद्यालय सञ्चालनकाे अनुमति मागिएतापनि २०३३ साल जेष्ठ २५ गतेका दिन नि.मा.वि को वैधानिक अनुमति प्राप्त गरेको देखिन्छ। अनुमति सगै नि.मा. तहमा २ वटा शिक्षक दरवन्दी समेत पाएको थियो।

एक पछि अर्को सफलताको परिणामस्वरूप समाजसेवी नन्द बहादुर शाहीकाे उच्च सक्रियतामा २०३९ साल पाैष १ गते देखि यस वि‌द्यालयले माध्यमिक तहको अनुमति समेत प्राप्त गर्याे । त्यसपछि यस विद्यालयमा शिक्षक विदयार्थी र सञ्चालक समितिका पदाधिकारीको सक्रियतामा र आम अभिभावकहरूकाे सहयाेगमा विद्यालय भवन निमाण भएपछि पटक पटक ७ वटा दरवन्दी समेत प्राप्त गरेकाे देखिन्छ ।

तत्कालिन अवस्थामा छात्राहरूलाइ पठनपाठन गराउने चलन नभएता पनि वि. स. २०४२ सालकाे एस. एल. सी. परीक्षामा एकमात्र छात्रा देव कुमारी गिरी परीक्षामा सहभागी भईन् । त्यसपछि वि.स २०५० साल सम्मकाे परीक्षामा सहभागी नभएको र वि.सं. २०५१ सालमा काँशिकाध गा.वि.स. वडा नं. २ निवासी दिना कुमारी शाही दाेस्राे छात्राकाे रूपमा सहभागी भएको तर सफल नभएकाे अभिलेख भएकाे पाइन्छ । वि.स. २०५२ साल पछि भने छात्राहरूकाे संख्यामा बृद्दी हुँदै गएकाे पाइन्छ । अनकाैं समस्याका बावजुत पनि २०६५ साल असार ११ गते तत्कालिन प्रधानाध्यापक विष्णु प्रसाद तिमिल्सेना, पुर्वाधार समितिका संयाेजक श्री नर बहादुर शाही र विद्यालयका अध्यक्ष  रीता कुमारी शाहीकाे सक्रियता र अन्य सम्पूर्ण व्यक्तीहरूकाे सहयोगमा यस विद्यालयले मिति २०६५ साल अषाढ ११ गते बाट कक्षा ११ र १२ सञ्चालन गर्ने अनुमती पाइ हालसम्म ३ वटा संकायमा नियमीत रूपमा पठनपाठन हुँदै आएकाे कुरा सबैलाइ अवगत नै छ ।

विद्यालयको स्थापना कालदेखि हालसम्म विद्यालयको समग्र विकासमा अनवरत सहयोग र सहकार्य गरी अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण शिक्षा प्रेमी/समाजसेवी एवम् बुद्धिजिवी एवम् प्रधानाध्यापकहरु हाम्रा सम्झनाका पात्र हुनुहुन्छ । विद्यालयको स्तरोन्नति संगै प्राथमिक भन्ने शब्दको सट्टा निम्न माध्यमिक, माध्यमिक, उच्च माध्यमिक र हाल पुन माध्यमिक शब्दको प्रयोग गर्ने गरिएको छ।

यो विद्यालय २०३२ सालमा नि.मा. तह  २०३९ सालमा मावि र २०६५ सालमा उ.मा वि र नयाँ शैक्षिक संरचना अनुसार कक्षा १-८ आधारभूत र ९-१२ माध्यमिक तह घोषणा गरे संगै वि.सं २०७३ सालदेखि पुनः माध्यमिक विद्यालयमा परिणत भएको छ । यसै सन्दर्भमा तत्कालिन नेपाल सरकार शिक्षा विभागले गरेको निर्णय अनुसार मिति २०७४ आषाढ १४ देखि नमूना माध्यमिक विद्यालयको रुपमा छनौट भएको थियाे । यस विद्यालयको स्थापना कालदेखि हाल सम्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र प्रधानाध्यापकहरुको विवरण यस प्रकार रहेको छ ।

हाल सम्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रभानाध्यपकहरूकाे नामावली
नाम, थर
ठेगाना
अवधि
मन्धिर शाही
भैरी ६
२०२५-२०२९ पुस
भैरी ८
भैरी ६
भैरी ६
केशव बहादर शाही
भैरी
२०५९-०६-१८ / २०६२/०२/२८
२०६२-०६-१८ / २०६४/०३/०८
रीता कुमारी शाही
भैरी ६
२०६२/०६ १८ - २०६४०३/०८
रीता कुमारी शाही
भैरी ६
२०६४ ०३ ०९ - २०६७/०५/२८
उपेन्द्र वहादुर शाही
भरी ६
२०७०/११/१२ - २०७३/०६/०८
उपेन्द्र वहादुर शाही
भरी ६
२०७३/०६/०९ - २०७६/०६/०९
राज बहादुर शाही
भैरवी ५
२०७३/१०/१५ - २०७९/१०/१५
नाम, थर
ठेगाना
अवधि
पूर्ण प्रसाद उपाध्याय
बडलम्जी १
२०१७-२०१८
भैरी ६
परशुराम गिरी
काँशिकाध
२०२४ दखि २०२५ सम्म
वीर बहादुर शाही
भैरी ६
२०२५ देखि २०३४ सम्म
दुल्लु
रेशम बहादुर थापा
कालभैरव
२०३९-११-०३ / २०४०/०८/२५ सम्म
२०४०/०८/२६ देखि २०४१/०२/०३
किशाेर के.सी.
नारायण नगरपालिका
२०४१/०२/०४ देखि २०४१/११/०५ सम्म
नेम बहादुर शाही
भैरी - ६
२०४१ देखि २०४९/०७/०६ सम्म
विष्णु प्रसाद तिमिलसेना
बडलम्जी - ७
२०४९/०७/०७ - २०६१/०२/३०
रूपलाल भट्ट
पादुका - ५
२०६१/०३/०२ देखि २०६२/०१/१७
विजय नारायण सिंह
अाैरही - ०९, सिरहा
२०६२/०६/०७ देखि २०६३/०६/०६
रूपलाल भट्ट
पादुका - ५
२०६३/०६/०७ देखि २०६३/०८/११
विष्णु प्रसाद तिमिल्सेना
बडलम्जी - ७
२०६३/०९/०१ देखि २०६५/१०/२२
रूपलाल भट्ट
पादुका - ५
२०६५/१०/२३ देखि २०६९/१०/२० सम्म
विजय नारायण सिंह
अाैरही - ९, सिरहा
२०६९/१०/२१ देखि २०७०/१०/२१ सम्म
बालाराम उपमध्याय
वि.न.पा. - ७, सुर्खेत
२०७३/०३/१५ देखि २०७३/०८/०२ सम्म
विशाखर जैशी
भैरवी - ०५, दैलेख
२०७३/०८/०३ देखि हाल सम्म