प्रधानाध्यापकाे सन्देश​

कर्णाली प्रदेश दैलेख जिल्ला भैरवी गाँउपालिका वडा नं. ३,४ र ५ को संगम स्थलमा अवस्थित श्री हिमालय माध्यमिक विद्यालय डाडीमाडी वि. सं. २०१३ सालमा स्थापना भई आइपुग्दा विभिन्न आरोह र अवरोधहरु पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ । दैलेख जिल्लामै सबैभन्दा पहिले नमूना विद्यालयको रुपमा छनोट हुुनु, शैक्षिक शत्र २०८० साल देखि प्राविधिक धार ( सिभिल इन्जिनियर ) सञ्चालन गर्न अनुमति पाउनुले यस विद्यालयले निरनतर रुपमा गर्दै आएको प्रगती थप पुष्टि हुन्छ । हाल विद्यालयको सम्पुर्ण सुचना प्रणालीलाई थप व्यवस्थित र प्रविधिमय बनाउनको लागि विद्यालय आफ्नो वेवसाइट बनाउन लागिरहेको र २१ औं युग इमेल र इन्टरनेटको युग भएकाले विद्यालयलाई समयसापेक्ष व्यवस्थित गर्न विद्यालयका शिक्षक, कमृचारी, विद्यार्थी, अभिभावक एवं सम्पूर्ण जनसमुदाय नै विद्यालयमा भएका सम्पुर्ण गतिविधि जानकार हुने गरी विद्यालयको आफ्नै वेवसाइट निर्माण गर्न लागेकोमा पुनित कार्यमा अहोरात्र लागेकोमा यस विद्यालयका कम्प्युटर अपरेटर श्री भुपेन्द्र शाहीलाई विद्यालयको तर्फबाट हार्दिक आभार प्रकट गर्दै यस विद्यालयको उत्तरोत्तर प्रगतीको कामना सहित युग अनुकुल र समय सापेक्ष कार्य सफल, प्रभावकारी र दिर्घकालिन होस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद
विशाखर जैसी 
प्रधानाध्यापक

Leave a Reply

Your email address will not be published. Required fields are marked *